सेञ्चुरी बैंकका पूर्वसीईओद्वय  न्यौपाने र गौतम पक्राउ

काठमाडौँ ।  सेञ्चुरी बैंकका तत्कालीन पूर्वसीईओद्वय मनोज न्यौपाने र तुलसीराम गौतमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले न्यौपाने र गौतमलाई लाई पक्राउ गरेको हो ।

सेन्चुरी बैंकमा कार्यरत रहँदा प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै सीआईबीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए । सीआईबीले न्यौपाने रगौतम सहित बैंकका करिब दर्जन कर्मचारीलाई पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीले उक्त बैंकको घोटालामा छानबिन थालेको थियो ।