२१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ  

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैँचामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।