पतञ्जलीको विज्ञापन गर्न भारतको सर्वोच्च अदालतले लगायो रोक

एजेन्सी । पतञ्जली आयुर्वेदलाई औषधि(उपचार सम्बन्धी विज्ञापन गर्न भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ ।

मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो।
 पतञ्जली आयुर्वेद रामदेवको हो।

अघिल्लो आदेशमा पतञ्जलीले यस्ता विज्ञापनमा रोक नलगाए कम्पनीको निरीक्षण गर्ने उल्लेख थियो।

निरीक्षणमा पतञ्जलीका उत्पादनले दाबी गरेजस्तो वा मेडिकल औषधिले जस्तो काम नगरेको पाइएको खण्डमा हरेक उत्पादनमा एकरएक करोड भारू जरिवाना गरिने चेतावनी पनि दिइएको थियो।

तर उक्त आदेश अटेर गर्दै भ्रामक विज्ञापन प्रसारण गरिरहेकाले अदालते पतञ्जलीलाई आफ्ना विज्ञापन रोक्न आदेश गरेको हो।