वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ : मन्त्री किराती

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् ।

शनिबार सिनामंगलमा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने बताए ।

उनलेले निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्नेमा जोड दिए ।  उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले विस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए ।