जाडो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ? यस्तो छ विज्ञको सुझाव

जाडोमा बालबालिकामा के कस्ता समस्याहरु देखिन्छन् ? 

चिसो मौसममा मुख्य गरेर बालबालिकाहरुमा कमनकोल्ड देखिन्छन । यो एक प्रकारको सामान्य भाइरल इन्फेक्सन हो ।  विशेष गरि यो रोग बच्चाहरुमा बढि देखिने गर्छ । सामान्यतया ५ वर्ष भन्दा माथिका बालबालिकाहरुमा यो बढि देखिने गर्छ  । अन्य उमेरका व्यक्तिहरुमा पनि देखिन्छ तर खास गरि बालबालिकाहरुमा बढि हुन्छ । 

बालबालिकाहरुमा नै कमनकोल्ड बढि देखिनुको कारण के होला ?

२०० वटा भाइरसले कमनकोल्ड निम्त्याउँन सक्छ तर विशेष गरि राइनो भाइरसका कारण यो संक्रमण हुने सम्भावना बढि हुन्छ । बच्चाहरुमा रोग सँग लड्ने क्षमता कम हुन्छ जसका कारण बालबालिकाहरुमा नै बढि कमनकोल्ड देखिन्छ । उनिहरुलाई जुनसुकै भाइरसले पनि सजिलै आक्रमण गर्न सक्छ । खासगरि चिसोमा हावा कम हुनुका साथै रोगसँग लड्ने क्षमता कम हुदा यो भाइरसले छिट्टैआक्रमण  गर्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आउदा यो भाइरस सर्न सक्छ । 

३. कुन उमेर समुहका बालबालिकामा यो समस्या देख्न सकिन्छ ?

 सबै उमेरका बालबालिमा यो समस्या देख्न सकिन्छ तर खासगरि २ वर्ष देखि ५ वा सो भन्दा बढि उमेरका बालबालिकामा धेरै देखिन्छ । यो उमेर समुहका बालबालिकामा वर्षमा ६ देखि ८ पटक सम्म कमनकोल्ड हुन्छ । जसलार्इ सामान्य मान्नु पर्छ । 

बालबालिकामा कमनकोल्ड हुँदा सुरुवाती चरणमा के कस्ता लक्षणहरु देखिन्छन् ?

विशेष गरि कमनकोल्ड २ वर्षका बालाबलिका देखि सुरु हुने गर्दछ । सानै उमेरका बालबालिका जो आफुललाई के भएको छ भन्ने कुरा थाहा पाउँन सक्दैनन् उनिहरुमा भएको रोगको परिचान गर्न गाह्रो हुन्छ । र अभिभावकहरुले राम्रो सँग ख्याल राखेन भने बालबालिकाहरुलाई लागेको रोगको समयमै पहिचान गर्न   गाह्रो हुनसक्छ । त्यसकारण अभिभावकहरुले आफ्नो बालबालिकाहरु बोल्न नसक्दा सम्म उनिहरुको हेरबिचार राम्रो सँग गर्नुपर्ने हुन्छ । 

बोल्न सक्ने बालबालिकाहरुले सजिलै सँग आफुमा भएको समस्याहरु अभिभावकलाई भन्न् सक्छन् ।  सानै उमेरका बालबालिका छन् र उनिहरुमा निम्न किसिमका समस्या देखिदा कमनकोल्ड भएको भनेर थाहा पाउनु पर्ने हुन्छ । 

घाटी दुख्नु, वा चिलाएर खस्खस गरेमा, 

सामान्य ज्वरो आएमा, 

हाच्यु गरिरहेमा, 

नाकबाट पानी बगिरहेमा, 

खोकी लाग्नु, 

खाना कम रुच्नु, 

जिउ दुख्नु, 

थकाइ छिट्टो लाग्नु जस्तो सामान्य लक्षण देखिन सक्छन् । सामान्य रुपमा यो समस्या ३ ४ दिन देख्न सुरु हुन्छ । कोहिलाई १ हप्ता भित्रमा यो समस्या आफै ठिक हुदै जान्छ भने कोहिमा भने बढ्दै जान सक्छ ।

कामनकोल्ड बढ्दै गएमा आउँने जटिल्ताहरु 

निमोनीया हुनु, 

आस्थमा बल्झिदै जानु,

एलेर्जी  हुनु, 

कस्तो अवस्थामा बिरामीलाई अस्पताल जानु पर्ने हुन्छ ?

सामान्यतया २ देखि ३ दिन भित्रमा यो रोग आफै  ठिक हुँदै जान्छ । तर कसै कसैमा यो रोग सुरुवाती चरण  देखि नै जटिल समस्याहरु लिएर बल्झिन सक्छ । उच्च ज्वरो आएमा , बच्चाले दुध खानै नसकेमा ,बान्ता गरेमा, सास फेर्न गाह्रो गरेमा वा छिट्टो छिट्टो सास फेरेमा, कोखा हानेमा, ६ देखि ८ घण्टाको बिचमा एक पटक पनि पिसाब नफेरेमा, अन्य समयको  भन्दा कम क्रियाशिल भएमा र २ ३ दिनमा यो समस्या आफै ठिक नभएमा चिकित्सक सँग सल्लाह  लिनु पर्ने हुन्छ । अन्यथा बालबालिकामा निमोनिया, एलेर्जी कानमा इन्फेक्सन जस्ता समस्याहरु देखा पर्न सक्छन् । 

यी समस्याहरुबाट बच्नका लागि केहि घरेलु उपायहरु छन् ?

यो समस्याका लागि त्यस्तो कुनै उपचार छैन वा एन्टीब्क्योटिकको कुनै पनि भुमिका छैन भन्दा पनि फरक नपर्ला । त्यसकारण सामान्य लक्षण सहितको कमनकोल्डलाई घरमै पनि निको पार्न सक्छौं । त्यसका लाई निम्न कुराहरु गर्नू पर्ने  हुन्छ । 

धेरै आराम गराउँने, 

अत्याधिक मात्रामा झोलिलो पदार्थ खुवाउने, 

ज्वारो आयो भने ज्वरो कम गर्ने औषधि दिने, खोकीलागेमा पनि त्यसलार्इ निको पार्ने औषधि खुवाउने, 

बाफ लिने, 

भिडभाडमा नजाने, 

साबुन पानीले हात धुने, 

जाउलो, जुस र आमाको दुध प्रशस्त खुवाउने । 

प्रायः बालबालिकाहरु केहि सामान पायो भने मुखमा हालिहाल्छन् यस्तो बानी हटाउनु पर्छ । उनिहरु फोहोर हातले जथाभावी आँखा, नाक अनुहार चलाउने गर्छन यस्तो बानी पनि हटाउनु पर्छ । खोक्दा वा हाच्यु गर्दा टिस्यू पेपर दिने वा कुहिनोले छेक्न सिकाउनु पर्छ । 

विश्वस्वास्थ संगठनका अनुसार ५ वर्ष माथिका बालबालिकाहरुमा फ्लुको भ्याक्सिन लगाउन भनिएको  छ सोहि अनुरुप उनिहरुलाई खोप पनि लगाउँन सकिन्छ ।

कतिपय अभिभावकहरुमा सिजन अनुसार बालबालिकाहरु बिरामी हुनु पर्छ भन्ने भम्र   यो कुरा कतिको सत्य हो ?

धेरै प्रकारका भाइरसहरु छन् । एउटा सँग लड्न सके अर्को सँग लड्न नसक्ने पनि हुन सक्छ । एक पटक कुनै भाइरसले आक्रमण गर्यो भने अर्कोले समाउन सक्दै भन्ने भम्र मात्र हो यसको कुनै अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेको छैन । तर केहिमात्रामा भए पनि एउटा रोगले समायो भने अर्कोले आक्रमण गर्न सक्दैन भन्ने मात्र हो । 

बालबालिकालाई केहि भयो भने घरपरिवार सबै आत्तिएकै देखिन्छ । नआत्तिएर घरको माहोल सामान्य पारेर राख्दा राम्रो हुन्छ । मौसम परिर्वत भएसँगै बालाबलिकाहरुलाई भिडभाडमा  नलैजाने ,खानपिनमा विशेष ध्यान दिने, उनिहरुको अगाडी धुम्रपान नगर्ने, घरवरिपरी सफा गर्ने, बच्चाहरुलार्इ सफा राख्दिने र बाहिरबाट आएपछि राम्रो सँग हात धोइदिने गर्नु पर्छ ।