आजदेखि आवेदन दिन सकिने घलेम्दी हाइड्रोको हकप्रद बिक्री खुला

काठमाडौँ - घलेम्दी हाइड्रो लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात् कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

 जस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको हो । यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।