कोशी प्रदेश : सरकार गठनविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं . कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

हिजो मंगलबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो ।