आज कुन विदेशी मुद्राको विनियम दर कति छ ?

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७० पैसा र बिक्रीदर १३१ रूपैयाँ ३० पैसा पुगेको छ ।

मंगलबार युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०३ पैसामा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ । राष्ट्र बैंकले बुधबारको लागि युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६५ पैसा र बिक्रीमा २८ रूपैयाँ ७८ पैसा पाइन्छ । 

बुधबार कुवेती दिनार एकको खरिददर ४२५रूपैयाँ ६९ पैसा र बिक्रीदर ४२७ रूपैयाँ ६५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४६रूपैयाँ ७४ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ३४ पैसा तोकिएको छ ।