एसईईको नतिजा आज ४ बजे सार्वजनिक हुने

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ ।

एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने भएको छ । आन्तरिक ९प्रयोगात्मक० तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने छ ।उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने बोर्डले जनाएको छ ।

बढीमा दुई विषयसम्म नन्ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन् । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागि भएका थिए । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।