उपभोक्ताहरू मारमा परेको भन्दै सुनचाँदी व्यवसायी मञ्च द्धारा न्यूरोडमा र्याली

काठमाडौँ । सुनलाई विलासी वस्तुमा राखी अतिरिक्त कर लगाउँदा उपभोक्ताहरू मारमा परेको भन्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च आन्दोलनमा उत्रिएको छ।

मञ्चले बुधबार राजधानी काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड गेटबाट र्‍याली सुरु गरी विशालबजार शालिक घुमेर इन्द्र चोकसम्म र्‍याली गरेको हो।

भन्सार दर १५ प्रतिशत बाट २० प्रतिशत वृद्धि गरिएको, सुनचाँदी सम्बन्धी ऐन, नियम एवम् निर्देशिका हालसम्म प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखिएको र २ प्रतिशत विलासिता कर लगाइएको भन्दै सोको खारेजीको माग गर्दै मञ्च आन्दोलनमा उत्रिएको हो।

मञ्चमा सहभागीहरूले पसल बन्द गरी विरोध ऱ्याली गरेका हुन्। र्‍यालीमा सहभागीले रिद्धी सिद्धी ज्वयलर्सको विरोधमा समेत नारावाजी गरेका थिए। रिद्धीसिद्धीले भने २ वटै पसल खोलेको थियो।