अब वर्षामा उपत्यकाको फोहर बञ्चरेडाँडा फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने 

काठमाडौँ - अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।
विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । 

सरकारले केही समय पहिले दु्रत मार्ग फास्ट ट्र्याक बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ ।