सर्वोत्तमको सेयरमूल्यमा फेरि सर्किट, शेयर धनी यसरी भए मालामाल !

काठमाण्डौँ - दोश्रो बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।  
सर्वोत्तमको सेयर मूल्यमा पाँचौ कारोबार दिन सोमबार पनि १० प्रतिशत हाराहारीमा मूल्य बढी अपर सर्किट लागेको हो ।  

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ८१.३० रुपैयाँले बढेर ८९५.१० रुपैयाँको उचाईमा पुगेको हो । 
लगातार चौथो दिनसम्म देखिएको यो कम्पनीको सेयरमा उच्च खरीद चाप सोमबार चौथो दिन केही कम देखिएकोमा पाँचौ दिन अर्थात मंगलबार भने बढेको देखिएको छ । सोमबार खरीदतर्फ ७ लाख ३७ जार ५१९ कित्ताको माग आएको थियो भने मंगलबार भने १० लाख भन्दा बढी कित्ताको माग आएको देखिएको छ ।  

पहिलो तीन दिनमा भने यो कम्पनीको सेयरमा १७ लाखभन्दा बढी कित्ताका लागि लगातार खरीद चाप देखिएको थियो ।

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १४८ प्रतिशतभन्दा बढी रिटर्न पाइसकेका छन् ।