नेपाल र आयरल्यान्ड ‘ए’बीचको दोस्रो खेल आज हुँदै 

काठमाडौँ - नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई पराजित गरेको हो । आयरल्यान्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।