फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् ।

नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न आमाबुवाको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, सामाजिक सञ्जाल कम्पनीलाई १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिलिट गर्न निर्देशन दिइने भएको छ ।

यो कानुन सन् २०२५ जनवरी १ देखि लागु हुनेछ । फ्लोरिडाका गर्भनरले विज्ञप्तिमार्फत भनेका छन्, “सोसल मिडियाले बालबालिकालाई अनेकौँ किसिमले हानि पुर्‍याउँछ । यसले (कानुन) आमाबुवालाई आफ्ना बालबालिका सुरक्षित राख्ने बाटो दिन्छ ।”