शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज शिवम् सिमेन्टको सर्वाधिक अर्थात ९ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५७ लाख,जोशी हाईड्रोको ८ करोड २९ लाख,गोर्खा फा्रइनान्सको ८ करोड ७ लाख र हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३५ लाख बढीको सेयर कारोबार भएको छ ।  

यो दिन दोल्ती पावर र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९९ प्रतिशतले बढ्यो । आज विन नेपाल लघुवित्तको सेयरमूल्य ९.४३ प्रतिशत,पिपुल्स पावरको ७.७३ र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ६.७६ प्रतिशतले बढेको छ ।  

आज धौलागिरी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशतले घट्दा भगवति हाईड्रोका ४.७५ र मानुषी लघुवित्तको सेयरमूल्य ३.०६ प्रतिशतले घटेको छ ।