प्रिओपन सेसनमा नेप्सेको अबस्था कस्तो छ ? सूचक २०३३ को बिन्दुमा पुग्यो !

काठमाडौँ - आज प्रिओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढ्यो । योसँगै सूचक २०३३ को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा २३ कम्पनीको २१ सय २२ कित्ता सेयर किनबेच हुँदा १९ लाख रुपैयाँ बढीको कारोबार भयो । यो सेसनमा कुल २३ वटा कारोबार भए । जसमा ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।