इन्द्रेणीका सञ्चालक कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर

काठमाडौँ । टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुव्र्यवहारको आरोपमा मुद्दा दर्ता भएको छ ।

इन्द्रेणी कार्यक्रमकी कलाकार समेत रहेकी सर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।