माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन 

काठमाडौँ - नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको छ ।

संसदीय दल नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाइएको छ । शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेतामा धामीलाई चयन गरेको हो ।

संसदीय दल नेता बनेका प्रदेश सांसद धामी दार्चुलाबाट निर्वाचित भएका हुन् भने निवर्तमान दल नेता भट्ट डडेल्धुराबाट निर्वाचित भएका हुन् ।
माओवादीका बहुमत प्रदेश सांसदहरु नेता भट्टको विपक्षमा उत्रिएर उनलाई हटाउनका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत दिएका थिए ।