इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी  

एजेन्सी । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने अनुमान गरिएको हो ।

दक्षिण अफिक्राले इजरायलले गाजापट्टीमा नरसंहार मच्चाएको भन्दै दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।

दुई साताअघि सुरु भएको मुद्दामा दुवै पक्षले आफ्ना दलिल पेश गरिसकेका छन् । इजरायले अफ्रिकाले लगाएको नरसंहारको आरोप अस्वीकार गरेको छ । अदालतको यो निर्णय बाध्यकारी गर्न नसकिने भएपनि अन्तर्राष्ट्रिय न्यायालय विपक्षमा जानु राजनीतिक रूपमा महत्वपूर्ण ठहरिने छ ।

युद्ध सुरु भएयता गाजापट्टीमा ज्यान गुमाउनेको सख्ंया २५ हजार बढी नाघिसकेको छ । हजारौं घाइते भएका छन् । आक्रमणमा अधिकांशतः महिला र बालबालिका शिकार बनेका छन् ।