एमाले बागमती प्रदेश अधिवेशन सुरु हुँदै, निकालियो झाँकीसहितको र्‍याली 

 काठमाडौँ - नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्द सत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् । उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाडौँमा पदयात्रा गरेको छ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसङ्गठनका कार्यकर्ताले बागबजार, घण्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्‍याली निकालेको हो ।