सिरहाबाट नक्कली प्रहरी पक्राउ, पेस्तोल देखाइ रकम असुलेको आरोप 

सिरहा - सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।