सिमलताल दुर्घटना : आज सशस्त्र प्रहरी बलले मात्र खोजी कार्य गर्दै

चितवन - चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने जानकारी दिए । फिल्डमा आज भारतीयहरू जाँदैनन् । फिल्डको काम आज एपीएफले जारी राखेको छ, प्रमुख जिल्ला अधिकारी यादवले भने ।

गएको असार २८ गते बिहानपख साढे ३ बजेतिर दुईवटा यात्रु बस पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका हुन् । दुई बसमा गरेर ६५ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । जसमध्ये ३ जना यात्रु मात्र सकुशल छन् । नेपाल सरकारको आग्रहमा भारतको रााष्ट्रिय आपदा मोचन बल एनडीआरएफका १२ जना प्राविधिक खोजीका लागि आएका हुन् । उनीहरूलाई एक हप्तासम्म खोजी गर्न भनिएको छ । गोताखोर र सोनारसहित आएको भाारतीय टोलीले पनि बस भेटाउन सकेको छैन ।

सिमलताल दुर्घटनाको अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको संयोजकत्वमा कार्यदल बनाएको छ । सो कार्यदल चितवन आएर फर्किइसकेको छ आइतबारभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी हुँदैछ ।