चलिचत्र ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ सार्वजनिक (भिडियो)

काठमाडौँ - यही असार २९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बगान’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द सृजना, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।

अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको यो चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन् । यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।