हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

 हेटौंडा - मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा नाम, ठेगाना नखुलेका अन्दाजी ३५र४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको र बस चालक रौतहटको चन्द्रनिगाहापुर पौराही बस्ने ५८ वर्षीय कृष्णबहादुर थापा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।