चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौँ - बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उनले भने । चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको निर्माता लामाले बताए ।