मौसम : स्थानीय वायुको आंशिक प्रभावले देशैभर वर्षा, तीन प्रदेशमा जारी

 काठमाडौँ - हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्ग–हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।