आजको शेयर बजार : नेप्से दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ? 

 काठमाण्डौँ - सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १।८२ प्रतिशतले वृद्धि भएको छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।