सुनको मूल्य बढ्यो, प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार 

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।