पाकिस्तानमा भ्यानको टायर पड्केर भएको दुर्घटनामा १३ जनाको मृत्यु, २० घाइते

काठमाण्डौा - पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । 

पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा आज बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत रिजवान उमर गोण्डलले बताएका छन् ।