अष्ट्रेलियाको समुद्र तटमा डुबेर ४ जना भारतीयको मृत्यु  

एजेन्सी । अष्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ ।अष्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो ।

भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ “अष्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ, पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौं।”

बुधबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने दुई युवक र एक युवती २० बर्षका हुन् भने अर्की एकजना ४० वर्षकी महिला हुन् । ४० वर्षीया महिला अष्ट्रेलियामा छुट्टी मनाउन पुगेकी थिइन भने अन्य तीन मेलबर्नमा बस्दै आएका थिए।