घुससहित सहायक वन अधिकृत पक्राउ

काठमाडौँ । घुससहित सहायक वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ ।

बिहीबार बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई अख्तियारले दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । 

काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५  स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ । नियन्त्रणमा लिएर उनीमाथि  थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।