भाइरल ज्वरोका कारण मुगुमा तीन जनाको मृत्यु  

काठमाडौँ । मुगु  ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपाली– ६ पुरुमुरु गाँउका र्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताए ।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहँदा पनि स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको बुमीले बताए ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण भएको जानकारी दिएका छन् ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।