जाडोमा बच्चालाई कसरी जोगाउने ?

काठमाडौं - जाडो याम शुरु हुनासाथ अहिले संघीय राजधानीलगायत देशभर नै चिसो बढेको छ । चिसोले सबैलाई प्रभावित पार्ने भएपनि विशेषतः बालबच्चा तथा बृद्धबृद्धालाई बढि जोखिम हुन्छ। जाडो सुरु भएसँगै धेरै बालबालिका बिरामी हुने गर्दछन् भने तराई – मधेश तिर बृद्धबृद्धालाई जिउन गाह्रो हुन्छ। जाडोमा राम्रोसँग हेरविचार नपु¥याउँदा धेरै बालबालिका बिरामी हुने गरेका छन्।

त्यसमध्ये कति बालबालिकाको अकालमा ज्यान समेत जाने गर्छ। चिकित्सकहरुका अनुसार जाडो मौसममा बालबालिकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ भने रुघाखोकी, श्वास प्रश्वासको समस्या, निमोनिया हुने सम्भावना बढि हुने गर्दछ।

खासगरी जाडो मौसममा ५ बर्षमुनिका बालबालिकामा प्राणघातक रोटा भाइरसको संक्रमण हुनसक्छ । रोटा भाइरस जाडो याममा सक्रिय हुने गर्दछ। सामान्य खालको झाडापखाला लाग्दा पातलो दिसा आउने जस्तो लक्षण देखिने यस किसिमको समस्यामा तारन्तार बान्ता हुन्छ । यद्यपी सामान्य हेलचेक्राइले बालबालिकाको ज्यान जानसक्छ ।

त्यसैले जाडो याममा बालबच्चाको विशेष ख्याल गर्नुपर्ने हुन्छ। बालबच्चालाई चिसोबाट जोगाउन चिकित्सकहरुले विभिन्न टिप्स दिएका छन्।


बालबालिकालाई चिसो लागेमा देखिने लक्षण
– रुघाखोकी लाग्ने
– सिँगान बगिरहने
– ज्वरो आउने
– कान दुख्ने
– टाउको दुख्ने
– झाडापखाला र निरन्तर वान्ता हुने
– घाँटी दुख्ने
– हाँच्छ्यु गरिरहने
– थकाइ लाग्ने

जाडोयाममा बच्चाहरुलाई जोगाउन निम्न कुराहरुमा ध्यान दिनपर्छ

– पर्याप्त मात्रामा सुताउने,
– झोलिलो तथा फलफुल खुवाउने,
– घाममा राख्ने,
– आवश्यक न्यानो कपडा लगाइदिने,
– सरसफाइमा ध्यान दिने,
– हिटर तथा आगो ताप्दा ध्यान दिन ,
– शरीरमा टाउँकोमा तेल लगाइदिने,
– घरेलु उपचारका लागि तुलसीको पत्ता तातोपानीमा राखेर खुवाउने,
– मह, अदुवा तातोपानीमा पकाएर खुवाउने,
– चिनी पानी पकाएर कागती हालेर खान दिने,