सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

काठमाण्डौँ - सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । 

चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।