सुनको भाउ आज १ हजार १ सय रुपैयाँले बढ्यो, तोलाको कति ? 

 काठमाण्डौँ - आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।