त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

 काठमाण्डौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।

उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।