यस वर्ष पनि बर्खामा मेलम्चीको पानी काठमाडौँमा नआउने

काठमाडौँ - यो वर्ष पनि बर्खामा काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी खान नपाउने भएका छन् । पानी ल्याउन मेलम्ची खोलाको बाँध क्षेत्रमा बाढी रोक्ने कुनै पनि पूर्वाधार अहिलेसम्म नबनाउँदा यस वर्ष पनि बर्खामा मेलम्चीको पानी काठमाडौँमा नआउने भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठूलो बर्षा हुना साथै पानीमा लेदो आउने र लेदोले सुरुङ मार्गमा असर पार्ने भएकाले बर्खामा पानी ल्याउन बन्द गरिनेछ । उनका अनुसार सुरुङ मार्गमा बाढी रोक्ने पूर्वाधार बनिनसकेकाले लेदोसहितको बाढी आउने बित्तिकै सुरुङमा असर पार्ने हुँदा पानी पथान्तर गरिने छैन ।

वर्षामा दुई महिना पानी उपत्यका नआउने उनको भनाइ छ । गत वर्ष बाढीले गरेको हेडवर्क्स अहिलेसम्म नबनेकाले बर्खामा पानी उपत्यका ल्याउन नसकिने उनी बताउँछन् ।