नेपाल प्रहरीको प्रमुख (आइजीपी)मा वसन्तबहादुर कुँवर नियुक्त

 

काठमाडौं - शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त गरेको छ। वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

आइजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए।