रुसले आतंकवादी आक्रमणको आरोप युक्रेनमाथि लगाउन खोज्यो : जेलेन्स्की  

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  मस्कोमा शनिबार भएको रुसले आतंकवादी आक्रमणको आरोप आफूहरूमाथि लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार मस्कोस्थित एक कन्सर्ट हलमा भएको आतंकवादी आक्रमणमा संलग्नहरू युक्रेनतिर भाग्दै गरेको अवस्थामा समातिएको रुसी राष्ट्रपतिले बताएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आपत्ति जनाएका हुन्।

उनले रुसमा कसले आक्रमण गर्‍यो भन्ने प्रष्ट हुँदाहुँदै आक्रमणकारी युक्रेनतर्फ भाग्न खोजेको अभिव्यक्ति दिएर आक्रमणको आरोप युक्रेनतिर मोड्न खोजेको बताए।

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानै चाल चलेर युक्रेनलाई आरोपित गर्न खोजेको बताए। जेलेन्स्कीले रक्तपातपूर्ण आक्रमणपछि आफ्ना नागरिकलाई भरोसा दिलाउने काम गर्नुभन्दा पनि युक्रेनमाथि आरोप लगाउन पुटिन सक्रिय भएको जेलेन्स्कीको आरोप छ। 

शनिबार मस्को नजिकै क्रोकस सिटी​ हलमा आतंकवादी आक्रमण हुँदा कम्तीमा १३३ जनाको ज्यान गएको थियो।