सर्वेक्षकसहित तीन जना २ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षकसहित तीन जनालाई २ लाख ५० हजार घुससहित प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पक्राउ पर्नेमा नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी रहेको जनाएको छ । 

अख्तियारका अनुसार घुस मागिरहेको सूचनाका आधारमा उनीहरू मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन्।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।