श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठामाडौँ । आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ हो । उनले आफ्नै श्रीमती २८ वर्षिय सिमा कुँवर भन्ने पार्वती कुँवरको हत्या गरेको अभियोग छ ।

मृतक पार्वतीलाई आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै–झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका–५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।