राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ ।

यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ । गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए । तर अर्थतन्त्रमा आएको शिथिलता हटाई आर्थिक गतिविधि चलायामान बनाउनु, निष्क्रिय कर्जा र गैरव्यवसायिक गतिविधि बढिरहेको सन्दर्भमा वित्तीय स्थायित्व कायम राख्ने मुख्य चुनौती रहेको राष्ट्र बैंकको भनाइ छ ।