आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ घट्याे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसामा किनबेच हुनेछ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रबिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको थियो । जसअनुसार अमेरिकन डलरको खरिद दर ० रूपैयाँ ६ पैसा र बिक्रीदरमा पनि ६ पैसाले डलरको भाउ घटेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ।