‘आदिपुरूष’ बाहेक अन्य चलचित्र आजैदेखि चल्ने

 काठमाडौँ - नेपाल चलचित्र संघले दक्षिण भारतीय चलचित्र ‘आदिपुरूष’बाहेक अन्य चलचित्र चलाउने निर्णय गरेको छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै ‘आदिपुरूष’बाहेक अन्य स्वदेशी तथा बिदेशी चलचित्रहरू आजैदेखि नेपालभर प्रदर्शन गरिने उल्लेख गरेको छ ।
संघले नेपालको कानूनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको जनाएको छ ।