images

बेलायती राजकुमारी केटलाई क्यान्सर

काठमाडौं। बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र हाल उपचार भइरहेको खुलासा गरेकी हुन् । 

उनले भनेकी छन्, 'केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।'

बेलायतको दरबारले उनी पूर्ण रूपमा निको हुने विश्वास व्यक्त गरेको छ । राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।

उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन् ।

शनिबार १० चैत २०८० ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया