थापाथली प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका- ३ घर भई काठमाडौँको कपन बस्ने २२ वर्षियासबिना श्रेष्ठकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।

ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।