आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । उनले अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

शुक्रबार उनले आफु, श्रीमान र छोरीको तस्बिर राख्दै फेसबुक वालमा लेखकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।’ नवजात शिशुको तौल साढे चार किलो रहेको रेखाले बताएकी छन् ।

रेखा अभिनित तथा निर्मित फिल्म उपहार यही फागुन २५ गतेबाट लाग्दैछ ।