बलात्कार आरोपमा धादिङका सुरज अधिकारी पक्राउ

 धादिङ - १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका ९ घर भई काठमाडौं नागार्जुन नगरपालिका(४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका १५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।