आजको शेयर बजार : नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ४ अर्ब २९ करोड

 काठमाडौँ - साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । यो साताको कारोबार सुरु भएसँगै सुरु भएको नेप्सेको ओरालो यात्रामा आज पनि सामान्य अंकले साथ दिएको छ ।

आज नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २०९८ दशमलव २९ विन्दुमा पुगेको छ । मंगलबार ३१० कम्पनीको १ लाख १७ हजार छ सय ६६ पटकको कारोबारमा १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले घटेर ३८१ दशमलव १७ विन्दुमा पुगेको छ ।