सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने गोरखाका भिमसेन भट्ट पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन् ।

रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य(दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।